राजनीति

संसद बैंठकअघि कांग्रेसका सांसदको आन्तरिक छलफल

नेपाली कांग्रेसका सांसदले पहिलो संसद बैठकअघि आन्तरिक छलफल गरेका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुभकामना आदानप्रदानसँगै पार्टीको तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदबीच छलफल भएको हो ।  

त्यस्तै संसदीय गरिमा जोगाउन सांसदको भूमिका विषयमा छलफल भएको सांसद निश्कल राईले बताए ।  

कांग्रेसले संसद्को हिउँदे अधिशन, संसदमा पार्टीको तर्फबाट खेल्नुपर्ने भूमिका, संसदीय अभ्यास र पार्टीको नीतिबारे छलफल गर्न आन्तरिक छलफल गरेको हो ।  

प्रतिनिधि सभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक बोलाइएको छ ।  

 

प्रकाशित: १९ चैत्र २०८२ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App