नेपाली कांग्रेसले पछिल्लो संसदीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै दर्जनभन्दा बढी नेताहरूलाई कारबाही गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको ९ देखि १७ गतेसम्म बसेको बैठकले केन्द्र, प्रदेश तथा स्थानीय तहमा अन्तर्घात गर्ने नेताहरूलाई कारबाही गरिएको समिति सभापति आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए।
कारबाहीमा पर्नेहरूमा महासमिति सदस्य तुलसी सुब्बा, गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, खोटाङका जिल्ला सभापति विष्णु राई, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता छन्। उनीहरूलाई एक वर्षसम्म पार्टीबाट निष्कासन गरिएको छ।
यस्तै धनुषा जिल्ला लक्ष्मिनीया गाउँपालिका सभापति आनन्द यादवलाई ६ महिनाका लागि पार्टीबाट निष्कासित गरिएको सभापति ढुङ्गानाद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ।
यस्तै कांग्रेसले स्थानीय तहका थुप्रै नेताहरूलाई पनि विभिन्न समयावधिका लागि कारबाही गरेको छ।
यो पनि पढ्नुहोस्
कांग्रेसले गर्यो लुम्बिनी प्रदेश महामन्त्री खनाललाई पार्टीबाट निष्कासन

प्रकाशित: २५ असार २०८२ १७:४३ बुधबार



