राजनीति

मन्त्रिपरिषद् बैठकका निर्णय : तीन विधेयक संसद्‍मा लैजानेदेखि केही नियुक्तिसम्म

 मंगलबारको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गरेको छ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृती दिने निर्णय गरेको सञ्चार, सूचना एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने निर्णय भएको हो ।

यस्तै मंगलबारको बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा प्युठानका डिल्लिराज आचार्य र सदस्य पदमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई नियुक्ति र मनोनयन गर्ने निर्णय गरेको छ ।  

बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने निर्णय भएको छ।

प्रकाशित: ८ वैशाख २०८३ १७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App