राजनीति

प्रतिनिधि सभाको बैठक साउन १९ गतेसम्मको लागि स्थगित

प्रतिनिधि सभाको बैठक पाँच दिन सम्मको लागि स्थगित भएको छ।

सभामुख डीपी अर्यालले बैठक साउन १९ गतेसम्मको लागि स्थगित गरिएको जानकारी दिएका हुन्।

बिहीबार दुई सातापछि बसेको बैठकमा सांसदहरुले सुनसरीको कप्तानगञ्ज घटनाबारे प्रश्न उठाएका थिए। उनीहरुले यो घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग गरेका थिए।

प्रकाशित: १४ श्रावण २०८३ १७:१९ बिहीबार