राजनीति

गृहमन्त्रीलाई भेटेर के भने मिटर ब्याज पीडितले ?

बालेन्द्र  शाह नेतृत्व सरकारको गृहमन्त्री सुदन गुरुङले मंगलबार बिहान ९ः३० देखि निजगढ उद्योग वाणिज्य संघको सभा हलमा मिटर ब्याज पीडितहरूसँग एकला एक्लै गुनासो सुनिरहेका छन्।

दुई सयको सङ्ख्यामा रहेका मिटर ब्याज पीडितहरू मध्ये दिउँसो १२ः३० बजेसम्ममा ३० जनाले मात्रै आफ्नो गुनासो सुनाएको कार्यक्रममा उपस्थित सुरक्षकर्मीहरुले बताए।

३० जना जति मिटर ब्याज पीडितहरूको गुनासो सुनेपछि कार्यक्रमलाई केही समयको लागि रोकिएको छ। पीडित ब्याज पीडितहरूको गुनासोहरूलाई सम्बोधन गर्नको लागि गृहमन्त्रीले सुन्ने र लेखाउने दुवै काम गराएका छन्।

गृहमन्त्रीलाई गुनासो सुनाउने अधिकांश मिटरब्याज पीडितहरूले फर्जी लिखत खारेज, विशेष ऐन निर्माण, न्यायाधिकरण गठन तथा पीडितको सम्पत्ति फिर्ता गर्न माग गरेका छन्।

पीडितहरूले मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत, जस्तै तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन (छिनुवा) पास, फर्जी चेक लगायतका कागजातलाई मन्त्रिपरिषद् निर्णयमार्फत अवैध घोषणा गर्नुपर्ने माग राखेका हुन्।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, बाराका प्रहरी प्रमुख नरेन्द्र कुँवर, नेपाल प्रहरीको मधेस प्रदेश प्रमुख डिआइजी ओम अधिकारी, सशस्त्र प्रहरीका मधेस प्रदेश डिआइजी विष्णु प्रसाद भट्ट लगायतका सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको छ।

काठमाडौंबाट बुद्ध एयरको विमानबाट मंगलबार बिहान ९ बजे तिर सिमरा आएका थिए।

जनकपुरबाट पैदल काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरू चौथो दिनमा निजगढमा पुगेका थिए।

प्रकाशित: ३० असार २०८३ १३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App