विपद्का बेला नागरिक जीवन बचाउन अन्तिम क्षणसम्म लड्ने सुरक्षाकर्मीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तोसिमा कार्कीले हृदयदेखि सलाम भनेकी छन्।
सुरक्षाकर्मीको पोसाक केवल पोसाक नभएर भरोसा हुने बताउँदै उनले यस्तो भनेकी हुन्। कार्कीले सुरक्षाकर्मीहरू आफैँ जोखिममा उभिएर अरूको जीवन बचाउने र उनीहरूको यो साहसप्रति कृतज्ञता व्यक्त गरेकी छन्।
'विपद्का बेला सुरक्षाकर्मीको पोसाक केवल पोसाक हुँदैन। त्यो भरोसा हुन्छ। उनीहरू आफैँ जोखिममा उभिएर अरूको जीवन बचाउँछन्। त्यसैले यो साहसलाई सलाम। यो कर्तव्यलाई सलाम। र जीवन बचाउन अन्तिम क्षणसम्म लड्ने हरेक सुरक्षाकर्मीलाई हृदयदेखि सलाम,' सामाजिक सञ्जालमा उनले लेखेकी छन्।
प्रकाशित: २१ भाद्र २०८३ ०९:२१ आइतबार



