राजनीति

हर्कले सञ्चालनमा ल्याए ‘श्रम संस्कृति सहायता कक्ष’

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले 'श्रम संस्कृति सहायता कक्ष' सञ्चालनमा ल्याएको बताएका छन्।

सर्वसाधारणका समस्या, गुनासा तथा सुझाव सरकारसमक्ष पुर्‍याउने उद्देश्यले 'श्रम संस्कृति सहायता कक्ष' सञ्चालनमा ल्याएको उनले बताए।

उनका अनुसार नागरिकले आफ्ना समस्या तथा गुनासा सरकारसमक्ष सुनाउन चाहेको अवस्थामा सहायता कक्षमा सम्पर्क गर्न सक्नेछन्। त्यसका लागि ९७१६७६३०५२ र ९७४०२४९९८३ नम्बरमा बिहान १० देखि दिउँसो १ बजेसम्म सम्पर्क गर्न सकिने छ।

सहायता कक्ष सञ्चालनसँगै उनले नागरिकका समस्या, गुनासा र आवश्यकतासम्बन्धी सूचना संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याउने बताएका छन्। 'हामी सबैलाई तेरो–मेरो नभनी सकेको सहयोग गर्नेछौँ,' उनले भने।

प्रकाशित: ७ भाद्र २०८३ ११:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App