राजनीति

सेवा सञ्चालनका लागि कार्यालय सामग्री हस्तान्तरण

नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंलाई सामाग्री हस्तान्तरण गर्दै पूर्व नगरप्रमुख ढकाल । तस्बिरः विनोद सुवेदी/नागरिक

मोरङको सुन्दरहरैंचा नगरपालिकाको सेवा सञ्चालनका लागि आवश्यक कार्यालय सामग्री हस्तान्तरण गरिएको छ ।  

मंगलबार सुन्दरहरैंचाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकालले नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंलाई कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

ढकालले १० थान दराज, ८ थान कम्प्युटर, ४ थान प्रिन्टर र १० थान टेवल हस्तान्तरण गरेका हुन् । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सुन्दरहरैंचा नगरपालिकामा आन्दोलनकारीले आगो लगाएका कारण नगरपालिकाको सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएको थियो ।

नगरपालिकाले जलेकै भवनबाट एउटा कम्प्युटर राखेर अत्याबश्यक सेवा सञ्चालन गर्दै आएको थियो ।  

प्रकाशित: ७ आश्विन २०८२ १८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App