राजनीति

विदेश गएका युवालाई गाउँमै बसौबसौँ भन्ने बनाउन सरकारले काम गर्छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकारले विदेशमा गएका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रभावकारी काम गर्ने बताएका छन् । संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले वर्तमान सरकारले विदेश गएका युवालाई स्वदेश फिर्काउन र गाउँमै बसौँबसौँ भन्ने बनाउने गरी काम गर्ने बताए।  

अहिलेका युवा पुस्ता यथास्थितिको परिवर्तनलाई आत्मसाथ नगर्ने भएको बताउँदै राष्ट्रपतिले युवामैत्री नीतिसहित सरकारले काम गर्ने बताए। राष्ट्रपतिको सम्बोधन जारी छ।

प्रकाशित: २७ चैत्र २०८२ १५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App