राजनीति

सुशासनको नाममा सरकारले निषेध र पूर्वाग्रह देखायो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्। 

सामाजिक सञ्जालमा उनले सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको सरकार गलत बाटोमा हिँडेको बताएका हुन्।

उनले लेखेका छन्, ‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन। वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन्।’

प्रकाशित: १४ चैत्र २०८२ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App