राजनीति

कपडा उद्योगलाई आवश्यक कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकारले ध्यान दिइयोस् : कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कपडा उधोगलाई आवश्यक कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन्।

सोमबार सामजिक सञ्जालमा लेख्दै घिसिङले यस्तो बताएका हुन्। उनले उधोगलाई दीर्घकालीन रूपले निरन्तर ईफिसियन्टली चलाउन निजी क्षेत्रलाई साझेदारीमा ल्याउन जरुरी रहेको भनाइ राखे। 

साथै, घिसिङले हेटौडा कपडा उधोग सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाल आर्मीलाई धन्यवाद समेत दिएका छन्।

'हेटौडा कपडा उधोग सन्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाल आर्मीलाई धन्यवाद। कपडा उधोगलाई आवश्यक कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकारले ध्यान दिइयोस्,' उनले भने, 'उधोगलाई दीर्घकालिन रूपले निरन्तर ईफिसियन्टली चलाउन नीजि क्षेत्रलाई साझेदारीमा ल्याउन जरूरी छ। यसतर्फ पनि सरकारले ध्यान दिइयोस्।'

प्रकाशित: २५ श्रावण २०८३ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App