राजनीति

कांग्रेस विवादमा गोकुल भन्छन् : खेल खेलाडीका जित अनाडीका

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसको विवादबारे बोलेका छन्।

उनले शेरबहादुर देउवालाई मौन राजनीतिका माहिर खेलाडी भन्दै विवादबारे बोलेका हुन्। बास्कोटाले पार्टीभित्रको कानुनी विवादसम्बन्धी सर्वोच्च अदालतमा चालु मुद्दा आफ्नो पक्षमा आउने निष्कर्षसहित देउवाले पुरानो समितिको बैठक राखेको बताएका छन्।

'पार्टीभित्रको कानुनी विवादसम्बन्धी सर्वोच्च अदालतमा चालु मुद्दा आफ्नो पक्षमा आउने निष्कर्षसहित मौन राजनीतिका माहिर खेलाडी मानिने शेरवहादुर देउवाले पुरानो समितिको बैठक राखेको भन्ने रैछ,' उनले सामाजिक सञ्जालमा भने, 'खेल खेलाडीका जित अनाडीका भन्थे। यस्तै पो होला कि? शंका गरे मैले, लङ्का हाने कसैले भने -था छैन।'

प्रकाशित: ९ चैत्र २०८२ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App