राजनीति

गोकुल बाँस्कोटाले गृहमन्त्रीलाई व्यंग्य गर्दै भने: दोष ती मान्छेको थियो, जसले गोली खाए

नेकपा एमालेका नेता गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङप्रति व्यंग्य गर्दै अब फेरि सुकसुकाउँदै संसदको रोष्टममा रुने दिन आएको बताएका छन‍् ।  

सामाजिक सञ्जालमा बाँस्कोटाले लेखेका छन्, ‘TOB  प्रतिनिधि संसदको रोष्ट्रममा फेरि सुँक्सुकाउँदै रुन्छ र सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन । पानी पिउदै भन्छ- हाम्रा भाइबहिनी माथि गोली चलेकोमा आफ्नालाई कति पीडा भईरहेछ। बाहिर केही रफ्फु मिडिया गिड्गडाउँदै भन्छन-दोष ती मान्छेको थियो,जस्ले गोली खाए। जवाफदेहिता भए राजीनामा देऊ।’

उनले विगतमा जेन-जी आन्दोलनको सम्पूर्ण दोष सरकारलाई लगाएर वर्तमान सरकारमा सहभागी भएकाले नैतिकता देखाएर जवाफ दिनुपर्ने बताए ।

प्रकाशित: ११ श्रावण २०८३ १४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App