नेपाली कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा दिएका हुन्।
समानुपातिकको सूची बुझाउन बसेको केन्द्रीय कार्यसम्पादनको बैठकपछि उपसभापति शर्मालाई राजीनामा बुझाएको एक नेताले नागरिकन्युजलाई जानकारी दिए। राजीनामा पत्र सार्वजनिक नगर्ने सर्तमा बुझाइएको उनले बताए।
भोलि बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक थापाको अध्यक्षतामा नबस्ने उनले जानकारी दिए। उनका अनुसार बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने र राजीनामा फिर्ता लिन आग्रह गर्ने छ।
समितिको बैठक ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा भोलि दिउँसो १ बजे बैठक बस्नेछ।
थापाले दिएको राजीनामाका सम्बन्धमा केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ।
प्रकाशित: ५ चैत्र २०८२ ०७:३१ बिहीबार



