प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ समारोहमा चार जना पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन्।
तर पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा भने अनुपस्थित भएका छन्।
ओली भक्तपुर गुण्डुमा रहेपनि समारोहमा सहभागी भएनन्। देउवा भने विदेशमा छन् ।
प्रकाशित: १३ चैत्र २०८२ १२:४७ शुक्रबार



