नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। जानकारी अनुसार पूर्व गृहमन्त्री रमेश लेखेकको स्वास्थ्य परीक्षण पनि आजै गरिनेछ।
सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई आज बिहानै पक्राउ गरिएको थियो। प्रहरीले केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर उनलाई अस्पताल पुर्याएको हो। सूर्यविनायक नगरपालिका-५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका लेखकलाई आज बिहानै प्रहरीले पक्राउ गरेको थियो।
दुवैलाई ‘जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा’ पक्राउ गरिएको हो।
प्रकाशित: १४ चैत्र २०८२ ०८:२३ शनिबार



