पूर्व गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल नेपाल एपीएफ अस्पताल बलम्बु पुगेका छन्।
उनीहरू तालिमका क्रममा बेहोस भई उपचाररत रहेका सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिन शुक्रबार अस्पताल पुगेको सशस्त्र प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।
कैलालीको टीकापुरमा तालिम गर्दा ६ जना बेहोस भएका थिए। काठमाडौंमा उपचाररत सबै ६ प्रशिक्षार्थीहरूको होस खुलेको छ।
प्रकाशित: ९ जेष्ठ २०८३ १३:१७ शनिबार



