पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरी काठमाडौं ल्याइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको प्रक्रिया थालेको छ।
अर्याललाई नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो। उनीमाथि श्रमसचिव हुँदा मलेसिया कामदार पठाउने बहानामा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप छ।
प्रकाशित: १० मंसिर २०८३ १५:२३ बिहीबार



