राजनीति

अर्थ समितिको बैठक मंसिर ७ गते, विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको ३३औँ बैठक आगामी मंसिर ७ गते सोमबार बस्ने भएको छ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बिहान ११ बजे बस्ने बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि छलफल हुने कार्यसूची रहेको छ।

समितिको बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल गरिनेछ। साथै, विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग पनि छलफल गर्ने कार्यसूची तय गरिएको छ।

प्रकाशित: २ मंसिर २०८३ ११:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App