प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत २२ गते हुने भएको छ।
संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन कार्यक्रम २० गतेदेखि सुरु गर्ने र २२ गते निर्वाचन गर्ने जानकारी गराएको हो।
सभामुख पदमा निर्वाचित हुन इच्छुक सदस्यका लागि प्रस्ताव दर्ता गर्ने समय चैत २० गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ। सोही दिन दिउँसो २:३० बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ।
यसैगरी, चैत २२ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख पदका लागि प्रस्ताव पेश, समर्थन र निर्णय प्रक्रिया अगाडि बढाइने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
यसैबीच आजको रास्वपा संसदीय दलको बैठकले सभामुखमा डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेसँगै सभामुख अर्याल बन्ने निश्चित भएको छ।
नयाँ सभामुख चयनसँगै प्रतिनिधि सभाको नियमित कार्यसूची थप गतिशील हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १९ चैत्र २०८२ १७:५६ बिहीबार



