राजनीति

दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गर्दै

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईंले आज पत्रकार सम्मेलन गर्दै छन्।

यसअघि हिजो प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए। सिंहदरवारमा भएको उक्त भेटवार्ता यही मङ्सिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको संयोजक प्रसाईंले जानकारी दिए।

उनले भने, 'मुख्य गरी हाम्रो मागका विषयमा छलफल भयो, अब मङ्सिर २२ गते फेरि छलफल गर्ने सहमति भएको छ।'

संयोजक प्रसाईंले गृहमन्त्री अर्यालसँगको वार्तामा भएका विषय र अन्य समसामयिक विषयमा आज पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताएका थिए। 

प्रकाशित: १३ मंसिर २०८२ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App