राजनीति

हङकङ उडे देउवा: पारिवारिक कार्यक्रममा सहभागी हुने

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ उडेका छन् । उपचारका लागि सिंगापुर गएका उनी त्यहीबाट हङकङ गएका हुन् ।  

देउवा गत फागुन १३ गते नियमित उपचारका लागि सिंगापुर गएका थिए । सिंगापुरमा हुने उपचारका सबै काम सकाएर थप उपचारसँगै पारिवारिक भेटघाटका लागि उनी हङकङ गएका हुन् । हङकङमा हुने उपचारको काम र पारिवारिक भेटघाटका काम सकिएपछि उनी स्वदेश फर्कनेछन् । 

प्रकाशित: ७ चैत्र २०८२ १७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App