राजनीति

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुने बताएका छन्।  

संविधान दिवसका अवसरमा आज स्थानीय शहीद रङ्गशालामा आयोजित कार्यक्रममा उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संविधानलाई संस्थागत गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि तथा राज्यका सबै तह र निकायमा सुशासन कायम गर्नु प्रदेश सरकारको प्राथमिकता हो भनेका थिए। कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख पर्शुराम खापुङ थिए। 

प्रकाशित: ३ आश्विन २०८३ १२:३५ शनिबार