राजनीति

भूमिगत सिँचाइ प्रमुखसहित दुई जनामाथि भ्रष्टाचारको मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौँ तुलाकान्त चौधरीलाई घुस लिएर भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौंमा आरोपत्रपत्र दायर गरेको छ। 

आयोगको टोलीले केही समय अघि कार्यालय प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीको मिलेमतोमा बोरिङ र मोटर जडानकार्य सम्पन्न भएपछि अवैध रूपमा रु सात लाख ५० हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो। 

आयोगका प्रवक्ता सुरेश न्यौपानले दुवै जनाले रु सात लाख ५० हजार घुस लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो सात लाख ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजायको माग माग दावी गरेको बताए।  

प्रकाशित: १० भाद्र २०८३ १८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App