राजनीति

पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै

फाइल तस्बिर

नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठकमा पार्टीका पदाधिकारी तथा विपक्षी दलका नेता सहभागी हुनेछन्।

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएको लगायत पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा तय गर्न बैठक आह्वान गरिएको कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।

महामन्त्री पौडेलका अनुसार बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू तथा प्रतिनिधिसभामा विपक्षी दलका नेताको सहभागिता रहनेछ।

पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै समसामयिक विषयमा पार्टीको आधिकारिक धारणा तय गर्ने बैठकको मुख्य उद्देश्य रहेको बताइएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App