नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा असोज २६ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
प्रकाशित: ११ आश्विन २०८२ २०:३३ शनिबार