राजनीति

राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गरेका छन्।

अध्यक्ष दाहालले रेखाकुमारी झा, सम्झाना देवकोटा, जगत् तिमल्सेना, वासुदेव घिमिरे र महन्थ ठाकुरलाई विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मनोनयन गरेका हुन्।

यसैगरी, सांसद रामकुमारी झाँक्री, प्रेमप्रसाद दङ्गाल, खम्मबहादुर खाती र गीता देवकोटालाई विधायन व्यवस्थापन समितिमा मनोनयन गरिएको छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमनाथ बोर्तेल, मीना सिंह, सुनिलबहादुर थापा, चन्द्र केसी र रञ्जित कर्णलाई मनोनयन गरिएको छ।

सङ्घीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा लीलाकुमारी भण्डारी, रोशनी मेचे, ललितजङ्ग शाही र धर्मेन्द्र पासवानलाई मनोनयन गरिएको छ।

सभामा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए।

राष्ट्रियसभाको अर्को बैठक भोलि १२ः१५ बजे हुनेछ।

प्रकाशित: २२ चैत्र २०८२ १६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App