नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजका ब्याट्सम्यान बेन चार्ल्सवर्थले अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक छेउबाट विकेट झर्दै गर्दा पनि संयमित ब्याटिङ गरिरहेका चार्ल्सवर्थले ४९ बलमा ५१ रन बनाउँदै आफ्नो ५० रन पूरा गरेका हुन्। उनले अहिलेसम्म ४ चौका र १ छक्का प्रहार गरेका छन्।
काठमाडौंले १५.३ ओभरमा ५ विकेट गुमाएर १०३ रन बनाएको छ।
चार्ल्सवर्थलाई अहिले भीम सार्कीले साथ दिइरहेका छन्। भीम सार्की आक्रामक मुडमा देखिन्छन्। उनले ६ बलमै २ छक्कासहित १४ रन बनाइसकेका छन्।
प्रकाशित: १८ मंसिर २०८२ १३:११ बिहीबार