नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पदभारका लागि सिंहदरबार पुगेका छन्।
भर्खरै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेका उनले केहीबेरमा पदभार ग्रहण गर्नेछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजै संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा प्रधानमन्त्री नियुक्त गरेका थिए ।
त्यसपछि उनले आजै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
प्रकाशित: १३ चैत्र २०८२ १४:२९ शुक्रबार



