राजनीति

राष्ट्रसंघलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालीमा भने : पशुपतिनाथले विश्वको कल्याण गरुन्

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा शाहले जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको जोखिमबारे विश्वको ध्यानाकर्षण गराए। उनले रसुवा बाढीले पुर्‍याएको क्षतिका विषयमा जानकारी गराउँदै नेपाललाई जलवायु न्याय आवश्यक रहेको बताए।

साथै, प्रम शाहले सम्बोधनको अन्त्यमा विश्वलाई भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् भन्दै नेपालीमा सम्बोधन टुंग्याएका छन्। उनले 'भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्' भन्दै नेपालीमा सम्बोधन टुंग्याएका हुन्।

प्रकाशित: ९ आश्विन २०८३ ०६:४१ शुक्रबार