राजनीति

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के अनुगमन गर्दा दुई जना उपसचिवसहित ७२ जना कर्मचारी अनुपस्थित रहेको भेटिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयद्वारा जिल्लाको १८ वटा विभिन्न मन्त्रालय तथा कार्यालयको अनुगमन गरेको थियो । पूर्वस्वीकृति विना बिदा नलिएको तथा समयमा कार्यालयमा नआएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्रीका कार्यालयले जनाएको छ ।  

छड्केमा परेकालाई  प्रचलित ऐन र कानुन बमोजिम कारबाही हुने तथा उनीहरूलाई पत्राचार भइसकेको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।  

 

प्रकाशित: ४ पुस २०८२ २१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App