राजनीति

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन्।

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-२ फुल चोकस्थित सडकमा मधेश प्र.०६-००१ प २८७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भोक्राहा नरसिंह गाउँपालिका-३ बस्ने ७० वर्षीय सुगा दास रामको आइतबार राति मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि विराटनगरतर्फ पठाइएको छ।  मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ कर्म चोकस्थित सडकमा को.२७ प २४२३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने २१ वर्षीय दिलेश्वर लिम्बुको मृत्यु भएको छ।

आइतबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा आइतबार राति उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-११ बोडिङ चोकस्थित सडकमा यूपी ५७ सिडी ९०१० नम्बरको कारले ग. प्र.०४-००१ प २३०७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार हुप्सेकोट गाउँपालिका-१ बस्ने ७७ वर्षीय साबित्री भुषालको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्की, पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित सडकमा बाग्मती प्रदेश ०३-००१ क १६५० नम्बरको रेडि मिक्सचरले ग.१२ प २६३१ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका-१९ पुरन्चौर बस्ने ३२ वर्षीय राजिब बास्तोलाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मिक्सचर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन, भरतपुर महानगरपालिका-१ भतेरी जङ्गलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री गोरखा, गोरखा नगरपालिका-६ बस्ने २७ वर्षीय कृष्ण कुँवरको गए राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहको छ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ भगिरथ लाईन होटल अगाडि सडकमा म. प्र.०३-०३९ प २६८६ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक जीतपुरसिमरा उपमहानगरपालिका-१७  रामनगर बस्ने बासुदेव मोक्तानको छोरी १६ वर्षीया सुप्रिया मोक्तानको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १ असार २०८३ १६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App