राजनीति

रविबारे पूर्वप्रधानमन्त्री चन्द सोध्छन्- कानूनका रक्षक बनेर बसेकाहरू अहिलेसम्म कहाँ सुतिरहेका थिए ?

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले सहकारी ठगी प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबारे प्रतिक्रिया दिएका छन्।

उनले लामिछानेसम्बन्धी समाचार अखबारमा पढेको भए पनि प्रत्यक्ष भेटघाटन भएको उल्लेख गर्दै 'कानूनका रक्षक भनेर बसेकाहरू अहिलेसम्म कहाँ सुतिरहेका थिए' भनेर प्रश्न गरेका छन्।

'रविजीले यी सबै गैरकानूनी काम सांसद वा गृहमन्त्री भएपछि मात्र त गर्न भ्याउनुभएको छैन होला, अनि ठाउँमा कानूनका रक्षक भनि बसिरहेकाहरू अहिलेसम्म किन र कहाँ सुतिरहेका थिए। कानूनी स्थिति मलाई थाहा छैन तर, अहिलेसम्म चुप बसी हेरिरहेका उनीहरूले नैतिक जिम्मेवारी पूरा नगरेको ठहर्छ जस्तो मलाई लाग्छ,' उनले आफ्नो फेसबूकमा भनेका छन्।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा छन्।

प्रकाशित: ३ असार २०८२ १६:५५ मंगलबार

#LokendraBahadurChand #Nagariknews #rabilamichhane