राजनीति

रिहा भएपछि मुरमुरिए लिङ्देन, भने- आन्दोलन निरन्तर रहन्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको आन्दोलन निरन्तर रहने बताएका छन्।

निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा आइतबार (आज) सिंहदरबारबाट पक्राउ परेका लिङ्देनसहितका नेताहरू चार घण्टापछि साँझ रिहा भए।

रिहा भएपछि उनले यस्तो बताएका हुन्। 'आन्दोलन निरन्तर रहन्छ,' उनले भने, 'भोलिका दिनबाट थप सशक्त रूपमा प्रस्तुत हुन्छौँ। भोलिबारे भोलि नै भन्छौँ।'

यो पनि पढ्नुहोस्

रिहा भए लिङ्देनसहितका नेता

प्रकाशित: ७ वैशाख २०८२ १९:३३ आइतबार

#Rajendra Lingden