राजनीति

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा मुस्लिम उम्मेदवार

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघले मुस्लिम समुदायका व्यक्तिलाई उतारेको छ। वैशाख ८ गते हुन लागेको स्ववियु निर्वाचनमा नेविसंघले मोहम्मद माजिद प्रवेजलाई सभापतिमा उठाएको हो।  

यस्तै नेविसंघले सचिव पदमा मनमोहन भट्ट र कोषाध्यक्ष पदमा विधिशा मिश्रलाई उम्मेदवार बनाएको छ।

ल क्याम्पसमा नेविसंघ एक्लै प्रतिस्पर्धामा उत्रिदा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायत चार विद्यार्थी संगठनले तालमेल गरेका छन्।  

प्रकाशित: ४ वैशाख २०८२ १८:०० बिहीबार

#Nepal law campus