राजनीति

नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, कदम चल्नुपर्छ: पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल आमालाई केन्द्रमा राखेर विचार र कदम अघि बढाउनुपर्ने बताएका छन्।

नयाँ वर्ष २०८२ को अवसरमा आइतबार जारी भिडियो सन्देशमार्फत उनले हरेक समस्याको समाधान संवाद, सहमति, समन्वय र सहकार्यबाट हुने उल्लेख गरे।

“संसार धेरै अघि बढिसक्यो, तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौँ,” उनले भने, “नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ।”

उनले आगामी वर्ष नेपाली इतिहासमा स्मरणीय र सुनौलो बन्ने विश्वास व्यक्त गर्दै नयाँ वर्षले आशा, उमंग र उत्साह ल्याउने कामना गरे।

सन्देशमा उनले नेपालीको सुनौलो भविष्य सुनिश्चित होस् भन्दै श्री पशुपतिनाथले सबैको कल्याण गरुन् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्।

यो पनि पढ्नुहोस्

पूर्वराजाले भने- जनताको जागरुकतालाई सकारात्मक रूपमा लिएका छौं

प्रकाशित: ३१ चैत्र २०८१ १७:२९ आइतबार

#Gyanendra Shaha