राजनीति

संयुक्त जनआन्दोलनको घोषणा, लिङ्देन र थापा सदस्य

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता नवराज सुवेदीको संयोजनमा संयुक्त जनआन्दोलनको घोषणा भएको छ।

राजसंस्था पुनर्स्थापनाका लागि ठूला दलहरू छिटो समझदारीमा आऊन् भन्ने उद्देश्यले जनआन्दोलन घोषणा गरिएको बताइएको छ।

समितिले मुख्यत: चारवटा अजेन्डा रहेको उल्लेख गरेको छ। संवैधानिक राजतन्त्रको स्थापना, सनातन हिन्दू राज्यको पुनर्स्थापना, सङ्घीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासन समितिले आफ्ना मुख्य अजेन्डा रहेको उल्लेख गरेको छ।

संयुक्त जनआन्दोलन समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा सदस्य छन्।

यस्तै अस्मिता भण्डारी, केशरबहादुर विष्ट, दुर्गा प्रसाईं, पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, रमा सिंह, रवीन्द्र मिश्र र हरिबहादुर बस्नेत सदस्य रहेका छन्।

रवीन्द्र मिश्रलाई सदस्य-सचिवको जिम्मेवारी दिइएको छ।

प्रकाशित: ४ चैत्र २०८१ १८:४० सोमबार

#raprapa