राजनीति

सरकार गठन भएको एक महिनापछि भारतबाट उच्चस्तरीय भ्रमण हुँदै

भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौं आउने भएका छन्। उनी अर्को साता काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेर नेपाली कांग्रेसको सहयोगमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि भारतबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो।  

नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले उच्चस्तरीय भ्रमण गर्नेछन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा, परराष्ट्र सचिव सेवा लम्सालसहितलाई छुट्टाछुट्टै भेट्ने छन्।  

विनयमोहन क्वात्राले अवकास पाएपछि मिश्री गत असार १४ गते भारतको विदेशसचिवमा नियुक्त भएका थिए। 

प्रकाशित: २३ श्रावण २०८१ १५:४४ बुधबार

#Indian high officials #Indian Foreign Secretary # Vikram Mishri