फोटो फिचर

एमाले महाधिवेशन : मतदान सुरु, लामबद्ध प्रतिनिधि (तस्बिरमा हेर्नुस्)

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। मतदानस्थलमा गायिका ज्योति मगर पनि पुगेकी छन्।

नयाँ नेतृत्व चयन गर्न भृकुटीमण्डपमा प्रतिनिधिहरू लाइन बसेका छन्। केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका हुन्।

दुई लाइनमा मतदान भइरहेको छ। ३०१ केन्द्रीय सदस्यका लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन्। मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएका छन्। महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App