काठमाडौंको माइतीघरमा जेनजीको समूहले सरकारविरुद्ध प्रदर्शन गरेको छ।
जेनजीमाथिको अत्याचारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्दै माइतीघरमा भेला भएर पम्प्लेटसहित उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले टाउकोमा कालो पट्टी बांधेर 'ओलीको खेलमा, सुशीलाको झेलमा, जेन-जी सबै जेलमा', 'सुशीलाको पाराले दु:ख पाए साराले', 'जेन जीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी' जस्ता पम्प्लेट प्रदर्शन गरेका छन्।












प्रकाशित: ११ मंसिर २०८२ १२:३६ बिहीबार



