काठमाडौं लैनचौरस्थित स्काउटको जग्गामा नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। आज बिहान महानगर प्रहरीहरूले डोजरसहित उक्त स्थानमा पुगेर त्यहाँ बनाइएका संरचनाहरूमा डोजर लगाएर भत्काएका हुन्।
खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका छन्। तर लामो समयदेखि भाडा तिरेका छैनन्। त्यसैले कार्तिक गते स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो। सो म्याद आज सकिएको छ।
प्रकाशित: २७ कार्तिक २०८२ १०:२२ बिहीबार