अन्य

प्रेमभन्दा ठुलो कुरा जसले सम्बन्धलाई सधैँ बलियो राख्छ

तस्बिर : एआई

मनोवैज्ञानिक मार्क ट्राभर्सले जोडीहरूको वर्षौं अध्ययनपछि सम्बन्धलाई साँच्चै टिकाउने कुरा प्रेमभन्दा सम्झौता आवश्यक हुने बताएका छन्। उनका अनुसार धेरैले  सम्बन्ध टिकाउन प्रेम भए मात्रै पुग्छ भन्ने सोच्छन्। तर प्रेम त भावना हो, यो कहिले उकालो त कहिले ओरालो लाग्छ। तनाव, थकान वा सानो कुरामा पनि रिस उठ्न सक्छ। प्रेम भएर पनि झगडा हुन सक्छ।

तर साँचो अर्थमा बलियो जोडीले यो कुरा बुझ्छन् र सम्झौता गर्न सिक्छन्। सम्झौता भनेको न आफ्नो बाटो न पार्टनरको बाटो, दुवै मिलेर ‘हाम्रो बाटो’ बनाउनु हो। विभिन्न अनुसन्धानले समेत झगडा गर्दा ‘हामीले यो निर्णय गर्‍यौँ’, ‘हामीले कुरा गर्‍यौँ’ भन्ने जोडीहरू पछि पनि एकअर्कासँग जोडिएर सन्तुष्ट महसुस गर्ने गरेको देखाउँछ। 

ट्राभर्सका अनुसार वास्तविक जीवनमा सम्झौता यसरी गर्न सकिन्छ
आज तिमीले रोजेको चलचित्र हेरिदिने,  
भोलि मलाई मन नपरेको ठाउँमा पनि साथ दिने,  
काम बाँडफाँड गर्ने, बिदाको योजना सँगै मिलाउने।  

सधैँ ठुलो त्याग होइन, सानो-सानो कुरामा आधा बाटो भेट्न तयार हुनु नै सच्चा प्रेम हो। जब दुवै जना एकअर्काको आवश्यकताका लागि ठाउँ बनाउँछन्, तब प्रेमले मात्रै दिन नसक्ने कुरा (विश्वास र भरपर्दो साथ)  बन्छ। मार्क ट्राभर्स भन्छन्, ‘प्रेमले सम्बन्धको सुरुवात गर्छ, तर सम्झौताले सधैँ टिकाउँछ।’ एजेन्सी

प्रकाशित: ३० कार्तिक २०८२ ०८:३१ आइतबार