आयुक्त कार्यालयको निर्देशनमा डोरी टाँगेर आवागमन अवरोध गर्ने र चन्दा उठाउने, रंग दल्ने बहानामा महिला र पर्यटकसँग अभ› एवं अनुचित व्यवहार गर्ने, सार्वजनिक सवारीसाधनको छत र हुडमा बसी यात्रा गर्न रोक लगाएको छ। बिनाहेल्मेट मोटरसाइकल चलाउन, दुईभन्दा बढी बस्न, जबरजस्ती रंग पानी छ्याप्न, लोला हान्न, जबरजस्ती अर्काको घरमा पसी होली नखेल्न, जुवा नखेल्न, हुलिया नै नचिनिने गरी विभिन्न रंग दलेर हिँड्नसमेत प्रहरीले रोक लगाएको छ।
यसैगरी मादक पदार्थ एवं लागुऔषध समेत सेवन गरी होहल्ला गर्ने,सार्वजनिक स्थान, पार्टी प्यालेसमा डिजे वा कलाकारहरुले ठूलो आवाजमा म्यूजिक बजाई होहल्ला गरे कारवाही हुने आयुक्त कार्यालयको निर्देशनमा उल्लेख गरेको छ। सो निर्देशनको उलंघन गरे सार्वजनिक अपराध ऐन अनुसार कारवाही हुने प्रहरीले चेतावनी दिएको छ।
प्रकाशित: ८ चैत्र २०७२ २०:२९ सोमबार



