अन्य

काठमाडौंमा रेस्लिङ हुने

काठमाडौं– नेपाल रिङ रेस्लिङ संघले नयाँ वर्षमा काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने भएको छ। संघले बिहीबार पत्रकार सम्मेलन गरेर वैशाख ४ देखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय रेस्लिङ गर्न लागेको जानकारी गराएको छ।१३ देशका खेलाडी सहभागी गराउने आयोजकको लक्ष्य छ। हङकङका बिटम्यान, अमेरिकाका बुफा, ताइवानका दी ता नी, चीनका चेन जियाङ, न्युजिल्यान्डका जेम्स राइदिम, जापानका कामिकाजे, बेलायतका सिन गुइनेस, सिंगापुरका दी युरासियन ड्रागन र मलेसियाका डिजास्टर किङले भाग लिने पक्का भएको पत्रकार सम्मेलनमा बताइयो।

संघकी अध्यक्ष सुनीता थापाले नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेजका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको बताइन्। 'सबै उमेर समुहले मन पराउने र लोकप्रिय खेललाई नेपालमा सही ढंगले विकासको बाटोमा अघि बढाउने जिम्मेवार निकायको कमी महसुस भएकाले संघको स्थापना गरेर प्रतियोगिता गर्न लागेका हौं,' उनले भनिन्। संघ राष्ट्रिय खेलकुद परिषदमा १ सय ५७ औं राष्ट्रिय संघका रूपमा दर्ता भइसकेको छ।

दशरथ रंगशालामा हुने 'अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता' मा प्रदर्शनी खेलमा महिला रेस्लिङ पनि समावेश गरिएको छ । महिला रेस्लिङमा दुई जापानी रेस्लरले सहभागिता जनाउने छन्। जापानी महिला रेस्लरद्वय नानाई ताकाहाशी र सारीले सहभागिता जनाउने पक्का गरिसकेको आयोजकले जनायो । नेपालकी पहिलो महिला रेस्लिङ रेफ्री सुनीता थापा र जापानका योशिसुकी नाकामुराले प्रतियोगिताका खेल खेलाउने बताइएको छ।

प्रकाशित: २० फाल्गुन २०७२ २०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App