कैलालीको घोडाघोडी नगरपालिका –४ किर्तिपुरको जंगलमा बुधबार दिउँसो उनले श्रीमतीको हत्या गरेका थिए। बिहीबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएका नेपालीले चक्कुप्रहार गरेर श्रीमतीको हत्या गरेको स्विकारेका छन्। घटनाको अघिल्लो दिन मंगलबार सा"झ आफूहरुबीच झगडा भएको उनले बताए।
श्रीमतीको चक्कुले घाँटी रेटेर हत्या गरिसकेपछि नकावधारी समूहले आफूहरुमाथि आक्रमण गरेको र श्रीमतीलाई मारिदिएको भन्दै माइती पक्षलाई खबर गरेका थिए। माइती पक्षले प्रहरीलाई खबर गरेका थिए। दुवै जना हिम राष्ट्रिय उच्चमावि खैलाडमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले आफूले भनेको नमानेको भन्दैै हत्या गरेको उनले बयान दिएको बताएका छन्। बिबाहपश्चात दुवै जनाबीच समयसमयमा सामान्य विवाद हुने गरेको र श्रीमतीले आफूले भनेको मान्न छाडेपछि विभत्स हत्या भएको अनुसन्धानले देखाएको उनले बताए ।
सिलाईकटाइ सिक्न जाने क्रममा हिमले बुधबार दिउँसो सुखड–भजनी सडक खण्डबीचमा पर्ने किर्तिपुरको जंगलमा एकछिन बस्न भने। मायाप्रीती गरेको नाटक गरे। करिब एक घण्टा जंगलमा बसेर प्रेमालापको नाटक गरे। हिमले श्रीमतीलाई काखमा बस्न लगाएर घारिलो चक्कुले घाँटी रेटेर हत्या गरेको बयान दिएको प्रहरी उपरीक्षक बिष्टले बताए।
प्रहरीमा पनि शुरुमा उनले नकावधारी समूहले आफूहरुमाथि आक्रमण गरेको बयान दिएका थिए। हत्यापछि सोही हतियारले उनले आफ्नो हात, गालालगायत केही ठाउँमा आफै घाउ बनाएका थिए । हत्यापछि उनले चक्कुले श्रीमतीको यौनीसमेत चक्कु घुसाएर क्षदबिक्षद गरेका थिए । भर्खरै प्रेम बिबाह गरेकाले श्रीमानले अरुले नै आक्रमण गरेको हुनसक्ने ठानेर शुरुमा प्रहरीले संलग्नको ब्यापक खोजी गरेको बताएको छ। हत्याका क्रममा आरतीले हिमको टाउकोको कपाल समातेकी थिइन्। प्रहरीले उनको हातमा कपाल भेटाएको थियो। मृतकको हातमा रहेको कपालबाट अनुसन्धान थाल्दा उनले हत्या गरेको प्रहरीले पत्ता लागउन सफल भएका हुन्।
केही कपाल हिमको टाउकोको कपालसंग मिलेपछि घटनाको अनुसन्धान अर्कोतर्फ मोडिएको प्रहरी उपरीक्षक बिष्टले बताए। अभियुक्तलाई कर्तव्य ज्यान मुद्धाअतर्गत आजै जिल्ला अदालत कैलालीबाट १० दिनको हिरासतको म्याद थप गरिएको छ।
प्रकाशित: २३ पुस २०७२ ०८:२५ बिहीबार