अन्य

हत्याको चार दिनपछि टाउको भेटियो

दाङ– हत्या भएको चार दिनपछि दाङकी एक महिलाको शीर सोमबार फेला परेको छ।हत्याराले बारीमा गाडेको अवस्थामा शीर फेला परेको हो। घोराही ४ का रमेश बिकले त्रिपुर नगरपालिका ४ सौँरीकी ५६ वर्षीया देवकी बिकलाई गत ७ गते घाँटी रेटी हत्या गरेका थिए। रमेशले घोराही नगरपालिका ४ स्थित बहिनी बिमलाको घरमा गएकी देवकीको ७ गते राती हत्या गरेका हुन्। ८ गते बिहान देवकीको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। रमेश बिमलाको नातेदार भएको बुझिएको छ। रमेशले देवकीको टाउको, कलेजो, फोक्सो र आन्द्रा वेपत्ता पारेका थिए। टाउको सोमवार घोराही ४ स्थित मकै बारीमा गाडीएको अवस्थामा फेला परे पनि अन्य अंग भने अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

देवकीको हत्या पश्चात उनका भित्री अंग बेपत्ता पारिनुले प्रहरीले रमेश माथि अर्को आशंका गरेको छ। यसअघि पनि शव गाडिएको स्थानबाट खोतलेर रमेशले मानव अंग निकाल्ने गरेको सूचनासमेत प्रहरीले पाएको छ। यस्तै चौघेरामा खसी बाख्रा मारेर पनि मुटु कलेजा निकाल्ने गरेको गाउँलेहरुले वताएका छन्।

'यो बडो अचम्मको कुरा छ,' जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरले भने, 'हामी यही अनुसनधानमै छौं। तर उसले ती अंग के गर्यो भनेर बयान दिएको अवस्था छैन।' प्रहरीका अनुसार रमेशको मानसिक सन्तुलत त्यति ठीक देखिएको छैन। जसका कारण अनुसन्धानबाट पनि यकिन तथ्य पत्ता लगाउन समस्या भएको राठौरले बताए।

प्रहरीले हत्यामा संलग्न रमेशलाई आइतबार देउखुरीस्थित जंगलबाट नियन्त्रणमा लिएको थियो। हत्या पश्चात फरार उनलाई समातेपछि उनकै सूचनाका आधारमा हत्या भएकी देवकीको शीर प्रहरीले मकै बारीमा फेला पारेको हो।

प्रकाशित: ११ श्रावण २०७२ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App