अन्य

सोनिया भइन् नर्स सुन्दरी

'युनिक्याम्प मिस नर्स नेपाल २०७१'को उपाधि सोनिया आचार्यले जितेकी छन्। ४५ प्रतियोगीलाई पछि पार्दै उनले ताज जितेकी हुन्। उनी नेक्स्ट मोडल नेपालको एम्बेसडर भइन् भने विभिन्न गिफ्ट ह्याम्परका साथै विदेशमा पढ्नका लागि छात्रवृत्तिसमेत हात पारिन्।
शनिवार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा आश्रा रजक फस्ट रनरअप र मिस फोटोजेनिक चुनिँदा श्रीदेवी शर्मा सेकेन्ड रनअप र मिस सोसल वर्कर घोषित भइन्। उनीहरूले आकर्षक उपहार प्राप्त गरे।
प्रतियोगितामा मिस ब्युटिफुल सिवानी मल्ल, बेस्ट स्माइल श्रेया गजुरेल, बेस्ट क्याटवाक अनीता गुरुङ, बेस्ट पर्सनालिटी सृष्टि मानन्धर, मिस डिसिप्लिन कविता श्रेष्ठ, मिस चार्मिङ जानकी श्रेष्ठ घोषित भइन्। त्यसैगरी बेस्ट हेयर कुसुम अधिकारी, बेष्ट स्किन भूमि श्रेष्ठ घोषित भए भने पब्लिक च्वाइस राधिका बोगटी, मोस्ट पपुलर जानकी श्रेष्ठ, मोस्ट लभ्ली आस्मिसा पाण्डे भए। बेस्ट नर्सिङ थिम ड्रेस शर्मिला थापा र बेस्ट फ्रेन्डली ममता थापा घोषित भए।
नेपालभरिका सयभन्दा बढी नर्सिङ कलेज तथा अस्पतालमा कार्यरत एक हजारभन्दा बढी नर्सले प्रतियोगितामा भाग लिएका थिए। रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताका निर्णायकहरूमा डा. सुभाष प्याकुरेल, कलाकार निर्मल शर्मा गैँडा, डा. अनुपमा कार्की, मिस्टर नेपाल २०१४ सुरज चिलवाल, मिस्टर नेपालको कोरियोग्राफर चाँदनी लामिछाने, घनश्याम घिमिरे र वरिष्ठ नर्स कोपिला श्रेष्ठ रहेका थिए।
नर्सिङ पेशामा आबद्ध युवतीहरूलाई समाजप्रति थप उत्तरदायी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक नेन्स्ट मोडल नेपालका अध्यक्ष रवि धमलाले बताए।

प्रकाशित: २५ पुस २०७१ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App