अन्य

गरिबीका कारण आत्महत्या

 रत्ननगर (चितवन)- पश्चिम चितवनको शिवनगरका एक वृद्धले गरिबीका कारण आत्महत्या गरेका छन्। शिवनगर–५ निवासी ६६ वर्षका सुकबहादुर दर्जीले गरिबीका कारण आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले आज जानकारी दिएको छ।


उनी बिरामी रहेको र घरको आर्थिक अवस्था कमजोर भएका कारण पीडा थेग्न नसकि आत्महत्या गरेको बताइएको छ।

 उनका दुई छोरा भने अलग्गै बस्दै आएका छन्। श्रीमतीको पहिले नै मृत्यु भइसकेको बताइएको छ। स्थानीयका अनुसार उनी सधै मदिरा सेवन गर्ने गर्थे।

 श्रीमतीको मृत्यु पछि एक्लो जीवन बिताइरहेका दर्जीले शनिबार झुन्डिएर आत्महत्या गरेका हुन्।

 उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ। प्रारम्भिक चरणमा गरिबी कारण देखिए पनि घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 दुई वर्षअघि पनि चितवनको माडीमा गरिबीका कारण आफ्नो सन्तानलाई दसैँमा मासु खुवाउन नसक्दा १२ सन्तानका बुबा धनबहादुर परियारले आत्महत्या गरेका थिए। नेपालमा पछिल्लो समयमा आत्महत्याको दर बढ्दो छ। 

प्रकाशित: १४ वैशाख २०७१ ००:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App