अन्य

सौतेनी आमाद्धारा भाटाले हानेर छोरीको हत्या

भीम चापागाईं, इलाम, मंसिर २१ -इलामको मङ्गलवारे-५ स्थित साब्जुङमा सौतेनी आमाले आठ वर्षीया छोरीको हत्या गरेको प्रहरीले बताएको छ। छोरीले दाउरा ल्याउन नमान्दा सौतेनी आमा मनमति राई शेर्पाले बाँसको भाटाले हानेर याञ्जुला शेर्पाको हत्या गरेको अभियोग प्रहरीले लगाएको छ।  

मृतक बालिकाको टाउको, खुट्टा र शरीरमा गहिरो चोट लागेको छ। याञ्जुलाकी आमा आफ्नै देवरसँग विवाह गरेपछि उनका बाबु मिङ्माले चार वर्षअघि कान्छी श्रीमतीका रुपमा मनमतिलाई विवाह गरेका थिए।

प्रहरीले ३३ वर्षीया मनमति र बाबु मिङ्मालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताएका छन्। बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ। मनमतिले प्रहरी समक्ष आफूले हत्या गर्ने मनसायले नहिर्काएको बयान दिएकी छन्।

प्रकाशित: २१ मंसिर २०६९ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App