अमेरिकी बोइङ सी-१७ए ग्लोबमास्टर तृतीय सैन्य विमान मंगलबार बिहान मस्कोमा अवतरण गरेको छ।
अनलाइन हवाई ट्राफिक अनुगमन प्रणालीको तथ्यांकलाई उद्धृत गर्दै रूसी समाचार संस्था टासले विमान मस्को पुगेको जानकारी दिएको हो।
जानकारी अनुसार वासिंगटन नजिकैको एन्ड्रयूज एयर फोर्स बेसबाट उडेको विमान लाटभियाको राजधानी रिगामा रोकिएको थियो। त्यसपछि विमान रूसतर्फ अघि बढ्यो। युरोपेली संघको हवाई ट्राफिक नियन्त्रण निकायको एक स्रोतले पनि यसको पुष्टि गरेको छ।
विमान स्थानीय समयअनुसार बिहान १० बजे मस्को पुगेको बताइएको छ। यसअघि उक्त विमान चार्ल्सटन विमानस्थलमा पनि पुगेको थियो। तर अमेरिकी सैन्य विमान मस्को पुग्नुको उद्देश्यबारे भने कुनै जानकारी सार्वजनिक गरिएको छैन। एजेन्सी
प्रकाशित: ९ भाद्र २०८३ १७:०८ मंगलबार



